अभिवादन !
सर्वप्रथम त हाम्रा सम्पूर्ण व्यापारिक साझेदार, कर्मचारी तथा सरोकारवालाहरूमा यहाँहरूले गर्नुभएको साथ र सहयोगको लागि हार्दिक धन्यवाद तथा आभार प्रकट गर्न चाहन्छौं। यसपटक हामीले हाम्रो कम्पनीको वेभसाइट सुचारू गरेका छौं । हामीले यो आशा गरेका छौं कि वेभसाइटको माध्यमबाट यहाँहरूले हाम्रा सम्पूर्ण सेवाहरूको बारेमा बुझ्न सक्नुहुने छ । त्यसो त यसको माध्यमबाट हाम्रो यहाँहरूसँगको दुरी अझ नजिकिने छ ।
हाम्रो कार्यप्रगति, नयाँ सेवा तथा सूचना, नयाँ व्यवसाय विस्तार लगायत काम खोज्दै हुनुहुन्छ भने त्यसको लागि पनि वेभसाइटले पक्कै सजिलो बनाउनेछ ।

कम्पनीको परिचय दिनुपर्दा यो कम्पनी सन् १९९९ मा स्थापना भएको हो। २१ वर्षको इतिहास रहेको यस कम्पनीले शुरूका दिनमा डिपार्टमेन्टल स्टोर्स तथा खुद्रा पसलहरू सञ्चालन गर्दथ्यो तर विगत १० वर्ष देखि यसको कार्यक्षेत्र विस्तार भएको छ । तरकारी, फलफूलहरू तयारी, प्रशोधन तथा प्याकिङको कार्य गर्दै रेष्टुरेण्ट, कन्भिनियन्स स्टोर्स र सामुहिक खुद्राविक्रेताहरू सम्म पुराउने, सरसल्लाह तथा सुझावहरू दिने लगायतका काम पनि गर्ने गरेको छ। हामीसँग १० देश भन्दा बढीका थुप्रै विदेशी कर्मचारीहरू पनि कार्यरत छन् । दशकौं बढी काम गरेर निखारिएका अनुभवी कर्मचारीहरू ग्राहकहरूकै सेवामा समर्पित छन्। अबका दिनमा पनि जापानी भाषा र व्यावहारिक शिक्षामा सुधार गर्दै हरेक कर्मचारी आत्मविश्वासी र मेहनती बन्दै जानको लागि अवसरहरूको खोजी अनि आधारहरूको निर्माणमा लागि परिरहेका छौं।
यस वर्षदेखि व्यवसायिक आधारको विस्तार स्वरूप विदेशबाट रोजगारको लागि आउनेहरूलाई लक्षित गरी [登録支援機関、有料職業紹介] अथवा सशुल्क रोजगार प्लेसमेन्टको लागि स्वीकृति प्राप्त गरेका छौं।
यदि हरेक व्यक्ति काममा दत्तचित्त भई लागिपरेमा कम्पनीको लागि, सिंगो टीमको लागि खुशियाली वातावरणको सृजना हुन सक्छ । साथ साथै हाम्रा कर्मचारी, सहयात्री र ग्राहकहरूसँग सदभाव र नयाँ विश्वास बढ्नेछ भन्ने हामीलाई लागेको छ।
हामीले विश्वास लिएका छौं। हामी यस्तो एक कम्पनी बन्नेछौं जुन अन्य भन्दा धेरै भिन्न हुने छ । अनि जो कोहीले संसारबाट हामीलाई देख्न र चिन्न सक्ने छन्।
एकको लागि सबै, सबैको लागि एक
सँगै खुशी रहौं।
